Gaurishankar Multiple Campus
Image default
Events

गौरीशङ्कर क्याम्पसमा छात्रा दौड र छात्र टेबल टेनिस प्रतियोगिता सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसमा श्रावण १६ गते शुक्रबार छात्रा दौड प्रतियोगिता तथा छात्र टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ ।

स्नातक तह तेस्रो बर्षमा अध्ययनरत स्वास्थ्य तथा शारिरीक शिक्षा समूहका विद्यार्थीले आफ्नो प्रयोगात्मक कार्यक्रम अन्तरगत प्रतियोगिता आयोजना गरेका हुन् । छात्रा दौड प्रतियोगितामा कक्षा ११ मा अध्ययनरत भीमकुमारी थामी प्रथम, प्रमिला थामी द्वित्तिय र कक्षा १२ मा अध्ययनरत मेरिना श्रेष्ठ तृतिय भएका छन् ।

छात्र टबल टेनिस प्रतियोगितामा कृतेस थामी प्रथम, एक्सन तुलाधर द्वित्तिय र सजन श्रेष्ठ तृतिय भएका छन् । प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमकी प्रमुख अतिथि भीमेश्वर नगरपालिका नगर उपप्रमुख कमला बस्नेतले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको छ ।

स्वास्थ्य तथा शारिरीक शिक्षा समूहका विद्यार्थी कञ्चन तामाङको अध्यक्षतामा भएको पुरस्कार वितरण कार्यक्रममा भीमेश्वर नगर उपप्रमुख कमला बस्नेत, भीमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाँई, गौरीशङ्क बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयाँल, सहायक प्राध्यापक तारा बहादुर महत, विद्यार्थी केदार खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ ।

Related posts

गौरीशङ्कर क्याम्पसमा ‘जनसाङ्ख्यिक तथ्याङ्क साक्षरता कार्यक्रम’

Tara Bahadur Mahat

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने प्रभावबारे अन्तरक्रिया सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा तीज विशेष कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat