Gaurishankar Multiple Campus
Image default
EventsNews

नेपाल राष्ट्र बैंकका सञ्चालकसँग विद्यार्थीको अन्तरक्रिया

नेपाल राष्ट्र बैंकका सञ्चालक सदस्य तथा पुर्व कार्यकारी निर्देशक डाक्टर शंकर प्रसाद आचार्यले २०८३ जेठ ६ गते गौरीशङ्कर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई देशको अर्थतन्त्रका बारेमा जानकारी दिनुभएको छ ।

देशको वर्तमान आर्थिक अवस्था र सरकारले आयातमा लगाएको कर लगायतको विषयमा डाक्टर आचार्यले विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गर्नुभएको छ । साथै आचार्यले देशको अर्थतन्त्र बलियो बनाउन सिँचाई नचाहिने र स्वास्थ्यलाई समेत अधिक लाभदायक रहेको कोदो र कागुनो जस्ता अन्नबाली उत्पादन र प्रयोगमा समेत जोड दिनुभयो ।

कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीसहित क्याम्पस प्रमुख शान्त बहादुर केसी र केहि प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।

Related posts

गौरीशङ्कर क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Tara Bahadur Mahat

विद्यार्थीको आयोजनामा गौरीशङ्कर क्याम्पसमा गुरु पुर्णिमा विशेष कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसले वार्षिकोत्सव लक्षित अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै

Tara Bahadur Mahat