Gaurishankar Multiple Campus
Image default
EventsNews

त्रिवि व्यवस्थापन सङ्कायका डिनद्वारा गौरीशङ्कर क्याम्पसको निरीक्षण

त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन सङ्कायका डिन महानन्द चालिसेले २०८३ असार ६ गते शनिबारका दिन गौरीशङ्कर बहुमुखी क्याम्पसको निरीक्षण गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पसको भौतिक संरचना, कक्षाकोठा, पुस्तकालय, खेल मैदानसहित विभिन्न विषयका प्रयोगशालाको निरीक्षण गर्नुभएको हो । विश्वविद्यालयले सम्बन्धन दिएका सङ्कायको नविकरण गर्ने बेलामा सम्बन्धित क्याम्पसको निरीक्षण गर्ने गरेको छ ।

गौरीशङ्कर बहुमुखी क्याम्पसमा व्यवस्थापन सङ्काय अन्तरगत हाल विविएस र एमविएसको पढाई भईरहेको छ ।

Related posts

‘बाल विवाह अन्त्यका लागि समुदाय परिचालन’ विषयक अन्तरक्रिया

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसले स्थानीय सरोकारका विषयमा गरेका अनुसन्धान सार्वजनिक

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा लागूऔषध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat