Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा लागूऔषध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसमा लागूऔषध नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रम २०८३ असार ११ गते बिहीबार सम्पन्न भएको छ ।

लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २० देखि २६ सप्ताहव्यापी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालय दोलखाले सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक मनोज लामा र जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोप्चनले लागूऔषधले मानव जीवनमा पार्ने प्रभाव र कुलतमा फस्नबाट जोगिने उपायहरुका बारेमा जानकारी दिनुभएको छ ।

कार्यक्रममा पशुपति चौलागाँई स्मृति अस्पतालका प्रमुख डा.अच्युत पौडेल, गौरीशङ्कर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शान्त बहादुर केसीसहित क्याम्पसमा प्रध्यापक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Related posts

गौरीशङ्कर क्याम्पसमा तीज विशेष कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

विदा सम्वन्धी सूचना !

Sunina Shrestha

१२ कक्षाका विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat