Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा कविता वाचन प्रतियोगिता सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सवको अवसरमा कविता वाचन प्रतियोगिता २०८२ चैत्र २ गते सोमबार क्याम्पसमा सम्पन्न भएको छ ।

प्रतियोगितामा कक्षा १२ की छात्रा स्वस्थानी थामी प्रथम, वि.एड पहिलो वर्षकी छात्रा शर्मिला थामी द्वितीय र वि.वि.एस दोस्रो वर्षका छात्र विमल खड्का तृतीय भएका छन् । ‘अबको नेपाल’ शीर्षकमा आयोजना गरिएको कविता वाचन प्रतियोगितामा विभिन्न तह र कक्षाका १६ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

सहायक प्राध्यापक निर्मला शिवाकोटीको संयोजकत्वमा भएको प्रतियोगितामा सहायक प्राध्यापकहरु राजन कार्की, गोमा खत्री र विरोध तामाङले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो भने विद्यार्थी गुणस्तर सर्कलका संयोजक विरसम श्रेष्ठले सहजीकरण गरेका थिए । विजयी प्रतियोगीहरुलाई आगामी चैत्र १५ गते क्याम्पसको वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिनेछ ।

Related posts

गौरीशङ्कर क्याम्पसमा साइबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसका कानूनका विद्यार्थीले गरे जिल्ला अदालत भ्रमण

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा ‘जनसाङ्ख्यिक तथ्याङ्क साक्षरता कार्यक्रम’

Tara Bahadur Mahat