गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटमा स्नातकोत्तर तह प्रथम सेमेस्टरका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम २०८२ पुस १० गते शनिबार सम्पन्न भएको छ ।
शनिबार क्याम्पसमा आयोजित कार्यक्रममा शिक्षा शास्त्र सङ्काय (एमएड) का ६५ जना र व्यवस्थापन (एमविएस) का ३० जना गरी जम्मा ९५ जना नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । कार्यक्रममा स्नातकोत्तर तहको पाठ्यक्रम, पठनपाठनको तालिका, प्रयोगात्मक अभ्यास तथा परीक्षा प्रणाली लगायतका विषयमा जानकारी गराईएको छ ।
कार्यक्रममा क्याम्पस प्रमुख शान्त बहादुर केसी, सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयाँल, शिक्षा शास्त्र सङ्कायबाट दुर्गा प्रसाद दाहाल र व्यवस्थापन सङ्कायबाट नारायण केसीले आधारभूत जानकारी गराउनुभएको हो । सेमेस्टर प्रणाली लागू भएपछि यसबर्ष शिक्षा शास्त्र सङ्कायमा सबैभन्दा बढी विद्यार्थी भर्ना भएका क्याम्पस प्रशासनले जनाएको छ ।

