Gaurishankar Multiple Campus
Image default
EventsNews

‘बाल विवाह अन्त्यका लागि समुदाय परिचालन’ विषयक अन्तरक्रिया

बाल विवाह अन्त्यका लागि समुदाय परिचालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम २०८२ फागुन २९ गते विगु गाउँपालिका–८ स्थित कालिञ्चोक माध्यामिक विद्यालय थामीचाँगुमा सम्पन्न भएको छ ।

गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोट र विगु गाउँपालिकाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । गौरीशङ्कर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शान्त बहादुर के.सीको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्य डा.जानुका न्यौपाने र सहायक प्राध्यापक अधिवक्ता देवराम बुढाथोकीले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रममा कालिन्चोक माध्यामिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रकाश पाण्डेको अध्यक्षता तथा विद्यार्थी, शिक्षक र स्थानीयको सहभागितामा रहेको थियो । बिगत केहि महिनादेखि गौरीशङ्कर क्याम्पसले ‘समुदायसँग गौरीशङ्कर क्याम्पस’ कार्यक्रम अन्तरगत समुदाय स्तरमा पुगेर समसामयिक तथा सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आईरहेको छ ।

Related posts

गौरीशङ्कर क्याम्पसले वार्षिकोत्सव लक्षित अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसको ४५ औं वार्षिक उत्सव सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Tara Bahadur Mahat