Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसले वार्षिकोत्सव लक्षित अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै

गौरीशङ्कर बहुमुखी क्याम्पसले आफ्नो ४५ औं वार्षिक उत्सवको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गर्ने भएको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) र विद्यार्थी गुणस्तर सर्कलको संयुक्त व्यवस्थापनमा फागुन २९ गतेदेखि चैत्र १३ गतेसम्म खेलकुदसहित विभिन्न अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्न लागिएको छ । फागुन २७ गते स्वतन्त्र विद्यार्थी युनियनले जारी गरेको सूचना अनुसार फागुन २९ गते कम्प्युटर टाईपिङ, चैत्र २ गते कविता वाचन, ४ गते व्याडमिन्टन, ५ गते वक्तृत्वकला, ६ गते फुटसल प्रतियोगिता हुने भएको छ ।

त्यसैगरी चैत्र ९ गते गायन तथा नृत्य प्रतियोगिता, १० गते हाजिरीजवाफ प्रतियोगिता तथा ११ गतेदेखि १३ गतेसम्म भलिबल प्रतियोगिता सञ्चालन हुनेछ । कार्यक्रम तालिका अन्तरगत व्याडमिन्टन, फुटसल र भलिबल प्रतियोगिता दिउँसोको समयमा सञ्चालन हुनेछ भने अन्य कार्यक्रम विहानको समयमा सञ्चालन हुनेछन् ।

२०३८ साल चैत्र १५ गते स्थापित गौरीशङ्कर बहुमुखी क्याम्पसले हरेक वर्ष चैत्र १५ गते आफ्नो स्थापना दिवस तथा वार्षिकोत्सव मनाउँदै आईरहेको छ ।

Related posts

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने प्रभावबारे अन्तरक्रिया सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा ‘कम्प्युटर टाईपिङ प्रतियोगिता’ सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा लागूऔषध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat