Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा नयाँ प्राध्यापक सङ्घ गठन

पब्लिक क्याम्पस प्राध्यापक सङ्घ गौरीशङ्कर बहुमुखी क्याम्पस इकाइको सभापतिमा सहायक प्राध्यापक राजन कार्की सर्वसहमत रुपमा चयन हुनुभएको छ ।

२०८२ माघ २५ गते चरिकोटमा सम्पन्न प्राध्यापकहरुको भेलाले कार्कीको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसहमत रुपमा चयन गरेको हो । समितिको उपसभापति इश्वर प्रसाद चौलागाँई, सचिव सुजन काफ्ले, सहसचिव डम्बर प्रसाद ओली र कोषाध्यक्ष समिरा बस्नेत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सूर्य प्रसाद चौलागाँई, विरोध तामाङ, अञ्जना सुवेदी र गोपाल खड्का चयन भएका छन् ।

नवगठित प्राध्यापक सङ्घलाई सोमबार क्याम्पस प्रशासनले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेर कार्यकाल सफलताको शुभकामना प्रदान गरेको छ ।

Related posts

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने प्रभावबारे अन्तरक्रिया सम्पन्न

Tara Bahadur Mahat

स्नातकोत्तर प्रथम सेमेस्टरका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण

Tara Bahadur Mahat

शिक्षकहरुका लागि क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat