Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसमा २०८२ पुस २४ गते विद्यार्थीहरुका लागि क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल क्षयरोग निवारण संस्था दोलखा शाखाको आयोजना तथा जनस्वास्थ्य कार्यालयको प्राविधिक सहयोग र गौरीशङ्कर क्याम्पसको व्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठ र जनस्वास्थ्य निरीक्षक प्रकाश घिमिरेले क्षयरोग, रोगको जोखिम तथा उपचार र रोकथामको बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था दोलखा शाखाका अध्यक्ष हर्क बहादुर श्रेष्ठ, जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख डिलेन्द्र बुढा मगर, गौरीशङ्कर क्याम्पसका सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयाँल लगायत सहायक प्राध्यापक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Related posts

स्नातकोत्तर प्रथम सेमेस्टरका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण

Tara Bahadur Mahat

शिक्षकहरुका लागि क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसको साताव्यापी शैक्षिक भ्रमण कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat