Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसको संयुक्त वनभोज कार्यक्रम सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसको आयोजनामा विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुको संयुक्त वनभोज कार्यक्रम २०८२ माघ १६ गते सम्पन्न भएको छ ।

जिरी नगरपालिकाको जिरेश्वरी पिकनिक स्पटमा आयोजना गरिएको वनभोज कार्यक्रममा कक्षा ११ देखि स्नातकोत्तरसम्मका विद्यार्थी, प्राध्यापक र कर्मचारी गरी १ सय ६० जनाभन्दा बढीको सहभागिता रहेको थियो । क्याम्पसको वार्षिक शैक्षिक क्यालेण्डर अनुसार वनभोज कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रमुख शान्त केसीले जानकारी दिनुभयो ।

दोलखाको पर्यटकीय क्षेत्रको रुपमा परिचित जिरीको बारेमा विद्यार्थीहरुले प्रत्यक्ष अवलोकन मार्फत नयाँ कुरा थाहा पाउन् भन्ने उद्धेश्यले विद्यार्थीहरुको सल्लाह बमोजिम जिरीलाई कार्यक्रमस्थल बनाईएको क्याम्पस प्रमुख केसीको भनाई छ ।

Related posts

‘बाल विवाह अन्त्यका लागि समुदाय परिचालन’ विषयक अन्तरक्रिया

Tara Bahadur Mahat

वनमन्त्री केसीलाइ गौरीशङ्कर क्याम्पसद्वारा बधाई तथा शुभकामना प्रदान

Tara Bahadur Mahat

नेपाल राष्ट्र बैंकका सञ्चालकसँग विद्यार्थीको अन्तरक्रिया

Tara Bahadur Mahat