Gaurishankar Multiple Campus
Image default
Events

वनमन्त्री केसीलाइ गौरीशङ्कर क्याम्पसद्वारा बधाई तथा शुभकामना प्रदान

बागमती प्रदेशका नवनियुक्त वन तथा वातावरण मन्त्री भरत बहादुर केसीलाई श्रावण २६ गते सोमबार गौरीशङ्कर बहुमुखी क्याम्पसमा स्वागत एवम् बधाई तथा शुभकामना प्रदान गरिएको छ ।

कार्यक्रममा क्याम्पस प्रमुख शान्त केसी, सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयाँल, स्ववियु अध्यक्ष शिरीष बस्नेत तथा क्याम्पसका प्राध्यापक एवम् विद्यार्थीहरुले नवनियुक्त मन्त्री केसीलाई बधाई तथा सफल कार्यकालको शुभकामना प्रदान गरेका छन् ।

कार्यक्रममा क्याम्पस प्रमुख शान्त केसीले यसअघि मन्त्री केसी भीमेश्वर नगरपालिकाको नगर प्रमुख हुँदा क्याम्पसलाई गर्नुभएको सहयोगको स्मरण गर्नुभयो । त्यसैगरी गौरीशङ्कर बहुमुखी क्याम्पसलाई बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउनलाई आवश्यक सहयोग गरिदिन मन्त्री केसीलाई आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री केसीले आफूले गौरीशङ्कर बहुमुखी क्याम्पसलाई बागमती प्रदेश विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउन पहल गरीरहेको र मन्त्री भएको हुँदा अझै विशेष पहल गर्ने बताउनुभयो । उहाँले विद्यार्थीहरुलाई समयको उच्च सदुपयोग गर्दै मेहनतका साथ अध्ययन गरे मात्र जीवनमा सफलता प्राप्त गर्न सकिने बताउनुभयो ।

Related posts

गौरीशङ्कर क्याम्पसका कानूनका विद्यार्थीले गरे जिल्ला अदालत भ्रमण

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा ‘जनसाङ्ख्यिक तथ्याङ्क साक्षरता कार्यक्रम’

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

Tara Bahadur Mahat