बिषयः शैक्षिक छात्रबृत्ती फारम भर्ने सम्वन्धी सूचना ।
प्रस्तुत बिषयमा बाग्मती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालय, हेटौडा मार्फत मिति २०८१/११/०१ गते प्रकाशित उच्च शिक्षामा अध्ययनरत छात्राहरुका लागि शैक्षिक छात्रबृति सम्बन्धी सूचना बमोजिम स्नातक तथा स्नाकोत्तर तह प्रथम बर्ष/सेमेष्टरमा अध्ययनरत छात्राहरुलाई एकपटकका लागि क्रमश रु १०,००० र १५,००० छात्रबृति प्रदान गर्ने कार्यक्रम रहेको हुँदा यस क्याम्पसमा अध्ययनरत छात्राहरुले उल्लेखित कागतजातसहित मिति २०८१/११/२५ गते भित्र eddcampus3@gmail.com मा Scan गरि पठाउनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक कागतजातहरुः
१) शैक्षिक छात्रबृत्ती निर्देशिका २०८० को अनुसुची १ को ढाँचा अनुरुप निवेदन ।
शैक्षिक छात्रबृत्ती निर्देशिका २०८०ः edd.bagamati.gov.np/ मा गई निर्देशिका तथा कार्यविधिमा गई download गर्न सकिने छ ।
३) बाग्मती प्रदेशको स्थाई बासिन्दा भएको निस्सा (नागरिकताको प्रमाणपत्र/बिवाह दर्ता वा दुबै)
४) सबै तहको शैक्षिक योग्यताको प्रमाणपत्र र लब्धाङ्क पत्रको प्रतिलिपि
५) आफुले अध्ययन गरी उतिर्ण गरेको बिद्यालय तथा क्याम्पस सामुदायिक हो भन्ने सम्बन्धित स्थानीय तहको सिफारीस पत्र (यस क्याम्पसको हकमा क्याम्पसबाट लिन सकिने छ ।)
६) क्याम्पसको सिफारिस पत्र (यस क्याम्पसबाट प्राप्त हुने)
७) दलित, अल्पसंख्यक, सीमान्तकृत र लोपोन्मुख जाति, पिछडिएको क्षेत्र, बिपन्न हो भने सम्बन्धित निकायको सिफारिस पत्र)
८) द्धन्द पीडित, सहिद वा घाईते परिवारको सम्वन्धमा सम्वन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र ।
थप जानकारीको लागि सम्पर्क ९८६३०२४३०१

