Gaurishankar Multiple Campus
Image default
BIC EventEventsNews

व्यवसाय प्रबर्द्धन केन्द्र (BIC) को बैठक सम्पन्न

भीमेश्वर नगरपालिका अन्तरगत गौरीशङ्कर बहुमुखी क्याम्पसमा रहेको व्यवसाय प्रबर्द्धन केन्द्र (BIC) को बैठक २०८२ श्रावण ९ गते शुक्रबार क्याम्पसमा सम्पन्न भएको छ ।

बैठकमा गत आर्थिक बर्ष २०८१/८२ मा भए गरेका कार्यक्रमको समिक्षा तथा नयाँ आर्थिक बर्ष २०८२/८३ कार्ययोजना प्रस्ताव तथा निर्णय गरेको छ । विश्वविद्यालय अनुदान आयोग र गौरीशङ्कर बहुमुखी क्याम्पसबिच भएको सम्झौता अनुसार क्याम्पसले सञ्चालन गर्ने युवा उद्यमशीलता तालिममा क्याम्पसमा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत तथा उतिर्ण भएको ५ बर्षसम्मका विद्यार्थी लगायत क्याम्पसमा कार्यरत ४० बर्षमुनिका प्राध्यापक तथा कर्मचारी समेत सहभागि हुन सक्नेछन् ।

त्यसैगरी क्याम्पसमा रहेको व्यवसाय प्रबर्द्धन केन्द्र (BIC) को कार्यालयमा उद्यम सङग्रहालय स्थापना गर्ने पनि बैठकले निर्णय गरेको छ ।

Related posts

उद्यमशीलता सम्बन्धि तीन महिने तालिम सुरु

Tara Bahadur Mahat

वनमन्त्री केसीलाइ गौरीशङ्कर क्याम्पसद्वारा बधाई तथा शुभकामना प्रदान

Tara Bahadur Mahat

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha