Gaurishankar Multiple Campus
Image default
EventsNews

१२ कक्षाका विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम २०८३ वैशाख ९ गते क्याम्पसमा सम्पन्न भएको छ ।

त्यसैगरी कार्यक्रममा स्नातक तहका विभिन्न वर्षको नतिजामा उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरुलाई बधाई ज्ञापनसहित सम्मान गरिएको छ । कार्यक्रम कक्षा ११, विद्यार्थी गुणस्तर सर्कल र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा भएको हो ।

कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेका कार्यक्रममा विभिन्न भूमिकामा रहेर सहयोग गरेको भन्दै क्याम्पसका प्राध्यापक तथा कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरेको छ । स्ववियु सचिव राजेन्द्र भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख शान्त केसीले विद्यार्थीहरुलाई परीक्षा सफलताको शुभकामना दिनुहुँदै आ–आफ्नो विषयको उच्च ओहोदा पुग्न शुभेच्छा प्रकट गर्नुभयो ।

कार्यक्रममा स्ववियु सदस्य बिमल खड्काले धन्यवाद मन्तव्यसहित कार्यक्रमको समापन गरेका थिए भने कक्षा ११ का छात्राहरु सुजता खड्का र रचना विकले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related posts

स्नातकोत्तर प्रथम सेमेस्टरका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण

Tara Bahadur Mahat

नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा रक्त समूह परीक्षण

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा साइबर अपराध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat