Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा ‘जनसाङ्ख्यिक तथ्याङ्क साक्षरता कार्यक्रम’

गौरीशङ्कर बहुमुखी क्याम्पसमा २०८२ मंसिर २३ गते जनसाङ्ख्यिक तथ्याङ्क साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाण्डौंको आयोजनामा भएको कार्यक्रममा कार्यालयका निर्देशक राजन सिलवालले पछिल्लो जनगणनाको तथ्याङ्क विश्लेषण र तथ्याङ्क अधिकृत पवन मिजारले दोलखा जिल्लाको जनगणना सम्बन्धि तथ्याङ्कको विश्लेषणात्मक जानकारी गराउनु भएको छ ।

कार्यक्रममा गौरीशङ्कर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयाँलले व्यवस्थापन संकायका विद्यार्थीसँगै स्नातक र स्नातकोत्तर तहको अध्ययन गर्दा तयार गरिने शोधपत्रका लागि तथ्याङ्क र तथ्याङ्क विश्लेषणको महत्व रहेको उल्लेख गर्नुहुँदै कार्यक्रम आयोजकप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रमको अवसरमा राष्ट्रिय तथ्याङ्क कार्यालयको तर्फबाट जनगणना–२०७८ का विभिन्न विधाका प्रतिवेदनसहितको प्रकाशन क्याम्पसलाई हस्तान्तरण गरिएको छ । कार्यक्रममा प्राध्यापक तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Related posts

गौरीशङ्कर क्याम्पसले स्थानीय सरोकारका विषयमा गरेका अनुसन्धान सार्वजनिक

Tara Bahadur Mahat

शिक्षकहरुका लागि क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा कविता वाचन प्रतियोगिता सम्पन्न

Tara Bahadur Mahat