Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा विपद् र उद्धारबारे प्रशिक्षण र अभ्यास सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटमा २०८२ मंसिर १२ गते शुक्रबार विपद् व्यवस्थापन सम्बन्धि सैद्धान्तिक कक्षासँगै प्रयोगात्मक अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

शसस्त्र प्रहरी बल चरिकोटको आयोजना तथा क्याम्पसको समन्वयमा विद्यार्थीहरुका लागि विपद् व्यवस्थापन सम्बन्धि प्रशिक्षण तथा प्रयोगात्मक अभ्यास कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रममा शसस्त्र प्रहरी बल चरिकोटका प्रमुख प्रहरी नायब उपरिक्षक सञ्जय अधिकारी लगायतका प्रहरी अधिकारीहरुले विपदको परिचय, विपद् व्यवस्थापनमा गर्नुपर्ने पूर्वतयारी र विपद् परिसकेपछि गर्नुपर्ने उद्धार र सहयोग लगायतका बारेमा प्रशिक्षण दिनुभएको छ ।

त्यसैगरी विपद्को समयमा पिडितहरुको उद्धार गर्ने तरिका सम्बन्धि प्रयोगात्मक अभ्यास समेत प्रदर्शन गरिएको छ । कार्यक्रममा क्याम्पस प्रमुख शान्त बहादुर केसीले विपदको बारेमा सबै तहको पाठ्यक्रममा उल्लेख नगरिएको हुँदा शसस्त्र प्रहरीले गरेको कार्यक्रमले विद्यार्थीहरुका लागि अतिरिक्त व्यवहारिक ज्ञान तथा सिप जान्ने अवसर मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

यसअघि पनि क्याम्पसका विभिन्न क्रियाकलापमा शसस्त्र प्रहरीले सहयोग गरेको स्मण गर्नुहुँदै उहाँले कार्यक्रम आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयाँल लगायत अन्य प्राध्यपक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Related posts

व्यवसाय प्रबर्द्धन केन्द्र (BIC) को बैठक सम्पन्न

Tara Bahadur Mahat

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

३ वर्षे स्नातक तह दोस्रो (B.A. II) वर्षको आंशिक (२०८१) परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha