Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसको ४५ औं वार्षिक उत्सव सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसको ४५ औं वार्षिक उत्सव २०८२ चैत्र १५ गते आइतबार विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ ।

कार्यक्रममा क्याम्पस प्रमुख शान्त बहादुर केसीले क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी योजनाहरु प्रस्तुत गर्नुभएको छ । कार्यक्रमको अवसरमा सहायक प्राध्यापकहरु दुर्गा प्रसाद दाहाल र गोमा खत्री तथा उत्कृष्ट कर्मचारीको रुपमा तुलसी नारायण जोशीलाई नगदसहित पुरस्कृत गरिएको छ । त्यसैगरी क्याम्पसमा बर्षभरी भएका विभिन्न अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरु, परीक्षामा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको छ । त्यसैगरी विभिन्न छात्रवृत्ति कोषबाट दर्जनौं विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष राउतको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका नगर प्रमुख इश्वर नारायण मानन्धर, राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका सचिव रमेश श्रेष्ठ, नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठ, नेपाली कम्युनिष्ट पार्टीका नेता भीम बहादुर श्रेष्ठ, राप्रपा नेपालका केन्द्रीय सदस्य नवराज श्रेष्ठ, गौरीशङ्कर बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य शङ्करलाल श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ दोलखाका अध्यक्ष प्रभु जिरेल, गौरीशङ्कर क्याम्पस स्ववियु अध्यक्ष सचिव राजेन्द्र भुजेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।

Related posts

३ वर्षे स्नातक तह दोस्रो (B.A. II) वर्षको आंशिक (२०८१) परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

गौरीशङ्कर क्याम्पसमा नयाँ प्राध्यापक सङ्घ गठन

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसले वार्षिकोत्सव लक्षित अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै

Tara Bahadur Mahat