Gaurishankar Multiple Campus
Image default
EventsNews

शिक्षकहरुका लागि क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

शिक्षकहरुको लागि क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम २०८२ चैत्र ५ गते बिहीबार भीमेश्वर नगरपालिका वडा नम्बर–२ मा सम्पन्न भएको छ ।

नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दोलखा र गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जनस्वाथ्य कार्यालय दोलखाका जनस्वास्थ्य अधिकृत रमेश श्रेष्ठले क्षयरोग र यसको रोकथाम तथा उपचारका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रम संस्थाका सभापति तीर्थबहादुर जोशीको अध्यक्षता तथा भीमेश्वर नगर कार्यपालिका सदस्य मुना श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा गौरीशङ्कर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयाँल, नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दोलखाका निवर्तमान सभापति हर्क बहादुर श्रेष्ठ, भीमेश्वर नगरपालिकाभित्रका विभिन्न विद्यालयका शिक्षक लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

बिगत केहि समयदेखि गौरीशङ्कर क्याम्पसले ‘समुदायसँग गौरीशङ्कर क्याम्पस’ कार्यक्रम अन्तरगत समुदाय स्तरमा पुगेर समसामयिक तथा सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आईरहेको छ ।

Related posts

स्नातकोत्तर प्रथम सेमेस्टरका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण

Tara Bahadur Mahat

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने प्रभावबारे अन्तरक्रिया सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा नयाँ प्राध्यापक सङ्घ गठन

Tara Bahadur Mahat