Gaurishankar Multiple Campus
Image default
EventsNews

छात्र छात्रा फुटसल प्रतियोगिता सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसको ४५ औं वार्षिकोत्सवको अवसरमा छात्र छात्रा फुटसल प्रतियोगिता २०८२ चैत्र ७ गते शनिबार सम्पन्न भएको छ ।

प्रतियोगितामा छात्रतर्फ डेनिस शिवाकोटीको नेतृत्वमा रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को समूह विजेता बनेको छ भने समृद्ध घिमिरेको समूह उपविजेता बनेको छ । त्यसैगरी छात्रातर्फ लक्ष्मी सुनुवारको समूह विजेता बनेको छ भने अरुणा लामाको समूह उपविजेता बनेको छ ।

शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल शनिबार रोयल मकैबारी फुटसल चरिघ्याङ चरिकोटमा सम्पन्न भएको हो । प्रतियोगितामा छात्रतर्फ ७ समूह र छात्रातर्फ ३ ओटा समूहबिच प्रतिस्पर्धा भएको हो ।

विजयी प्रतियोगीहरुलाई आगामी चैत्र १५ गते क्याम्पसको वार्षिकोत्सव समारोहमा पुरस्कृत गरिनेछ ।

Related posts

‘बाल विवाह अन्त्यका लागि समुदाय परिचालन’ विषयक अन्तरक्रिया

Tara Bahadur Mahat

नवआगन्तुक विद्यार्थीलाई स्वागत र रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

नेपाल राष्ट्र बैंकका सञ्चालकसँग विद्यार्थीको अन्तरक्रिया

Tara Bahadur Mahat