Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा नयाँ प्राध्यापक सङ्घ गठन

पब्लिक क्याम्पस प्राध्यापक सङ्घ गौरीशङ्कर बहुमुखी क्याम्पस इकाइको सभापतिमा सहायक प्राध्यापक राजन कार्की सर्वसहमत रुपमा चयन हुनुभएको छ ।

२०८२ माघ २५ गते चरिकोटमा सम्पन्न प्राध्यापकहरुको भेलाले कार्कीको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसहमत रुपमा चयन गरेको हो । समितिको उपसभापति इश्वर प्रसाद चौलागाँई, सचिव सुजन काफ्ले, सहसचिव डम्बर प्रसाद ओली र कोषाध्यक्ष समिरा बस्नेत चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सूर्य प्रसाद चौलागाँई, विरोध तामाङ, अञ्जना सुवेदी र गोपाल खड्का चयन भएका छन् ।

नवगठित प्राध्यापक सङ्घलाई सोमबार क्याम्पस प्रशासनले बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेर कार्यकाल सफलताको शुभकामना प्रदान गरेको छ ।

Related posts

गौरीशङ्कर क्याम्पसमा ‘विद्यार्थीसँग अदालत’ कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha

गौरीशङ्कर क्याम्पसको नयाँ सञ्चालक समिति सर्वसम्मत रुपमा चयन

Tara Bahadur Mahat