गौरीशङ्कर क्याम्पसले स्थानीय सरोकारका विषयमा गरेका अनुसन्धान २०८२ माघ २४ गते सार्वजनिक गरेको छ ।
स्थानीय सरोकारका विषयमा गरिएका अनुसन्धानको निष्कर्षको प्रचार तथा छलफल र कार्यान्वय सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेर अनुसन्धानका निष्कर्ष सार्वजनिक गरेको हो । कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीले अनुसन्धानले कुनैपनि विषयको एउटा मात्र पक्ष नभई सबै पक्षलाई समेटेर निष्कर्ष निकाल्नुपर्ने सुझाव दिनुभएको छ ।
त्यसैगरी भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले नागरिकको चाहाना र स्थानीय सरकारका कार्यक्रमबिच तालमेल नभएको गुनासो आउने गरेको भन्दा त्यस्ता विषयमा पनि अनुसन्धान गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख शान्त बहादुर केसीले क्याम्पसले गरेका अनुसन्धानका निष्कर्ष सार्वजनिक गरेर जिल्लाका समसामयिक विषयमा ध्यानाकर्षण गराउने उद्धेश्य रहेको बताउनुभयो । क्याम्पसको अनुसन्धान व्यवस्थापन इकाइका संयोजक नारायण प्रसाद सेढाँईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकार, क्याम्पसका प्राध्यापक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रस्तुत गरिएका अनुसन्धानका विषयहरु
१.शान्त बहादुर केसी र करुणा श्रेष्ठ– “Impact of federalism on district market ; A case study of Chariot” (Tribhuvan University, Journal Vol 40, No.1:125-143, June 2025) २.बालकृष्ण फुयाँल–”Trends and Challenges in Student Enrolment, Retention, and
Graduation; Case Study of Gaurishankar Multiple Campus”(International Journal of Multidisciplinary and Innovative Research, Vol 02, Issue 10, October 2025)
३.नारायण प्रसाद सेढाँई– “स्थानीय सरकारमा सुशासन : अवसर र चुनौति” (GS Spark: Journal Of Applied Academic Discourse, Vol 01, Issue 1, 2023)
४.निर्मला शिवाकोटी– “जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता र यसले पारेको प्रभाव” (GS Spark: Journal Of Applied Academic Discourse, Vol 02, Issue 1, 2024)
५.तारा बहादुर महत– “स्थानीय विवाद निरुपणमा न्यायिक समितिको भूमिका”(GS Spark: Journal Of Applied Academic Discourse, Vol 02, Issue 1, 2024)
६.रमिना श्रेष्ठ– “The Impact of Influencer Marketing on Consumer Purchasing Decisions of Undergraduate Students in Bhimeshwor Municipality, Dolakha” (Unpublished)
७.राजकुमार सुवेदी– “भविष्यको शिक्षाप्रति दोलखाका बिद्यार्थीहरुको धारणा र योजना सर्वेक्षण” (Unpublished)
८.विर्शाम श्रेष्ठ– “दोलखाको चरिकोटमा रहेका सहकारी संस्थाहरूमा प्रविधि अपनाउँदा दक्षता र दिगोपनमा परेको प्रभाव” (Unpublished)

