Gaurishankar Multiple Campus
Image default
EventsNews

दोलखामा उच्च शिक्षाको सम्भावना र आगामी रणनीतिक योजना’ निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसले २०८२ मंसिर २० गते शनिबार काठमाण्डौंमा आयोजना गरेको दोलखामा उच्च शिक्षाको सम्भावना र आगामी रणनीतिक योजना’ निर्माण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका सहभागीहरुले दोलखालाई शैक्षिक हबको रुपमा विकास गर्न प्राविधिक धारतर्फका विषयको पठनपाठन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । दोलखा पर्यटकीय रुपमा ठूलो सम्भावना बोकेको र तराईदेखि हिमालसम्मको हावापानी भएकोले पर्यटन र कृषि सम्बन्धिका प्राविधिक विषयको पठनपाठन गराउनु उपयुक्त हुने सरोकारवालाहरुको भनाई छ ।

कार्यक्रमका प्रमुख अतिथी त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा.दिपक अर्यालले गौरीशङ्कर बहुमुखी जत्तिको क्रियाशील क्याम्पसलाई आवश्यकता अनुसारका विषयको पठनपाठन सम्बन्धनका लागि आफू सकरात्मक रहेको बताउनुभयो ।

त्यसैगरी पुर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले शैक्षिक क्षेत्रको ज्ञान र अनुभव बटुलेका जिल्लाबासी व्यक्तिहरुको कार्यदल बनाएर कार्यदलको सुझाव अनुसार जिल्लाको शैक्षिक भविष्य उज्जवल बनाउनुपर्ने सुझाव दिनुभयो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका उच्च शिक्षा प्रवाह गर्ने शैक्षिक संस्थाहरुको अवस्था तथा जिल्लाको शैक्षिक अवसर र चुनौतिको विषयमा क्याम्पस प्रमुख शान्त बहादुर केसीले कार्यपत्र प्रस्तुत गर्नुभएको छ । उहाँले जिल्लामा सञ्चालित सबै क्याम्पसहरुमा साधारण धारतर्फका विषय मात्र अध्यापन गरीरहेकोले अब फरक फरक विषयको अध्यापन गरेर सबैको अस्तित्व कायम राख्न सकिने र विषय मिल्दा क्याम्पसहरुलाई विद्यार्थी संख्याका आधारमा एकिकरण गराउनु उपयुक्त हुने सुझाव राख्नुभयो ।

कार्यक्रममा बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसी, जिल्लाबासी सङ्घ तथा प्रदेश तहका पुर्वमन्त्री, पुर्व सांसद, राजनीतिक दलका नेता, प्राज्ञिक व्यक्तित्व, निजामती सेवासहित विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुले सल्लाह सुझाव दिएका छन् ।

Related posts

गौरीशङ्कर क्याम्पसमा तीज विशेष कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

४ वर्षे स्नातक तह द्वितीय (B.A., B.Ed. & B.B.S. II) वर्ष २०८१ को आंशिक परीक्षा फाराम भर्ने सूचना ।

Sunina Shrestha