Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा तीज विशेष कार्यक्रम सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटमा भाद्र ६ गते शुक्रबारका दिन तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पसको आयोजना तथा गौरीशङ्कर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को व्यवस्थापनमा कार्यक्रम गरिएको हो । स्ववियु अध्यक्ष शिरीष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, क्याम्पस प्रमुख शान्त केसी, सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयाँल, प्राध्यापक सङ्घका सचिव सूर्य चौलागाँई लगायतले शुभकामना मन्तव्य राख्नुभएको छ ।

साँस्कृतिक कार्यक्रम अन्तरगत छात्राहरुले गायन तथा नृत्य प्रस्तुत गरेका छन् । कार्यक्रममा उपस्थित सम्पूर्णलाई दर खुवाईएको छ ।

Related posts

वनमन्त्री केसीलाइ गौरीशङ्कर क्याम्पसद्वारा बधाई तथा शुभकामना प्रदान

Tara Bahadur Mahat

आगामी मंसिरमा ‘गौरीशङ्कर अन्तर्राष्ट्रिय सम्मेलन’ हुँदै

Tara Bahadur Mahat

त्रिवि व्यवस्थापन सङ्कायका डिनद्वारा गौरीशङ्कर क्याम्पसको निरीक्षण

Tara Bahadur Mahat