Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसको साताव्यापी शैक्षिक भ्रमण कार्यक्रम सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसको वार्षिक कार्यक्रम अन्तरगत साताव्यापी शैक्षिक भ्रमण कार्यक्रम २०८२ फागुन ६ गतेदेखि १२ गतेसम्म सम्पन्न भएको छ ।

फागुन ६ गते चरिकोटबाट सुरु भएको शैक्षिक भ्रमणमा पोखराको विन्दाबासीनी मन्दिर, ताल बाराही मन्दिर, फेवाताल, गुप्तेश्वर महादेव मन्दिर, बाग्लुङ कालिका मन्दिर, बाग्लुङ–पर्वत झोलुङ्गे पुल, मुस्ताङ जेरी गल्ली, धुम्बा ताल, मुक्तिनाथ मन्दिर, लोमान्थाङ, चिनसँगको कोरला नाका, चितवनको सौराहा, नवलपरासीको शाश्वत धाम, गोरखाको गोरखा दरबार लगायतको स्थलगत अवलोकन गरिएको छ ।

त्यसैगरी भ्रमणको अवधिमा गुप्तेश्वर क्याम्पस, पोखरा र गोरखा क्याम्पस गोरखाको नेतृत्व लगायतसँग उच्च शिक्षाका वर्तमान चुनौती र समाधानका उपायबारे अभ्यास तथा अनुभव आदान प्रदान भएको छ ।

भ्रमण कार्यक्रममा क्याम्पस सञ्चालक समिति, क्याम्पसका प्राध्यापक तथा कर्मचारी र कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययन गर्ने विद्यार्थीहरु गरी जम्मा ६५ जनाको सहभागिता रहेको थियो ।

Related posts

गौरीशङ्कर क्याम्पसलाई ४ सय ७४ थान पुस्तक सहयोग

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा ‘जनसाङ्ख्यिक तथ्याङ्क साक्षरता कार्यक्रम’

Tara Bahadur Mahat

‘बाल विवाह अन्त्यका लागि समुदाय परिचालन’ विषयक अन्तरक्रिया

Tara Bahadur Mahat