Gaurishankar Multiple Campus
Image default
EventsNews

नवआगन्तुक विद्यार्थीलाई स्वागत र रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसमा यसबर्ष कक्षा ११ र स्नातक तह प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुलाई २०८२ मंसिर २५ गते स्वागत कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियन र विद्यार्थी गुणस्तर सर्कलको संयुक्त आयोजनामा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तव्य राख्नुहुँदै गौरीशङ्कर बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष अमृत राउतले विद्यार्थीको रुचीलाई ख्याल गर्दै क्याम्पसले नृत्य कक्षा कक्षा सञ्चालन गरीरहेको र निकट भविष्यमा नै रेकर्डिङ स्टुडियो निर्माण गर्ने बताउनुभयो । उहाँले विद्यार्थीलाई जिल्लामा नै सिप र रोजगारमूलक विषयको पठनपाठन गराउनका लागि त्रिभुवन विश्वविद्यालयमा एलएलबी, बिएएलएलबी, बिएचएम, बिआईटी लगायतका विषयको अध्यापन अनुमतिका लागि आवेदन दिएको उल्लेख गर्नुभयो ।

त्यसैगरी क्याम्पस प्रमुख शान्त बहादुर केसीले गौरीशङ्कर क्याम्पसले विद्यार्थीलाई पाठ्यक्रमले तोकेको विषयमा मात्र नभई इच्छा लागेको सिप सिकाउने, अतिरिक्त क्रियाकलापमा संलग्न गराउने र गरिखाने विद्यार्थी उत्पादन गर्न जोड दिएको बताउनुभयो । उहाँले एउटा योग्य नागरिक निर्माण गर्नका लागि क्याम्पस लागि परेको भन्दै विद्यार्थीलाई मेहनत र अनुशासन कायम राख्न आग्रह गर्नुभयो ।

स्वतन्त्र विद्यार्थी युनियन गौरीशङ्कर क्याम्पसका सचिव राजेन्द्र भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गायन लगायतका साँस्कृतिक प्रस्तुतीहरु प्रदर्शन गरेका छन् । सोहि अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा ८५ जना नवआगन्तुक विद्यार्थीहरुको रक्त समूह परीक्षण गरिएको छ ।

Related posts

गौरीशङ्कर क्याम्पसमा क्षयरोग सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

उद्यमशीलता सम्बन्धि तीन महिने तालिम सुरु

Tara Bahadur Mahat

१२ कक्षाका विद्यार्थीलाई परीक्षा सफलताको शुभकामना कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat