गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटको आयोजनामा “जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने प्रभाव र समुदायको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रम २०८२ माघ २६ गते भीमेश्वर नगरपालिका वडा नम्बर–१ सुष्पाक्षमावतीमा सम्पन्न भएको छ ।
स्थानीय सरोकारका मुद्धामा क्याम्पसको भूमिकालाई बलियो बनाउन ‘समुदायसँग गौरीशङ्कर क्याम्पस’ अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा क्याम्पस प्रमुख शान्त बहादुर केसी, लेखा अधिकृत राजकुमार सुवेदी लगायत विद्यार्थीहरुले जलवायु परिवर्तनका असर र असर कम गर्न समुदायको भूमिका लगायतका विषयमा प्रस्तुतीकरणसहित अन्तरक्रिया गरिएको छ ।
भीमेश्वर नगरपालिका वडा नम्बर–१ वडा कार्यालयको समन्वयमा भएको कार्यक्रममा वडा अध्यक्ष माधव थामी, नेपाल क्षयरोग निवारण संस्था दोलखा शाखाका अध्यक्ष हर्क बहादुर श्रेष्ठ लगायत महिला स्वास्थ्य स्वयमसेविकाहरुको सहभागिता रहेको थियो ।

