Gaurishankar Multiple Campus
Image default
EventsNews

उद्यमशीलता सम्बन्धि तीन महिने तालिम सुरु

उद्यमशीलता सम्बन्धि तीन महिना तालिम २०८२ कार्तिक २३ गतेदेखि गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटमा सुरु भएको छ ।

तालिम विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोग तथा गौरीशङ्कर बहुमुखी क्याम्पस र भीमेश्वर नगरपालिका अन्तरगत रहेको व्यवसाय प्रबर्‌द्धन केन्द्र (BIC) को संयुक्त आयोजनामा सञ्चालन भएको हो । तालिममा व्यवसाय गर्न इच्छुकहरुलाई व्यवसाय सञ्चालन सम्बन्धि सिप र नविनतम सोचका बारेमा जानकारी गराईने छ ।

तालिममा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी, उत्तिर्ण भएको ५ बर्ष नकटेका पुर्व विद्यार्थी र क्याम्पसमा कार्यरत ४० बर्षमुनिका प्राध्यापक तथा कर्मचारी गरी ४५ जना सहभागिता रहेको छ । तालिमका प्रशिक्षार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभई सफल व्यवसायीसँग अन्तरक्रिया, उद्यम सम्भावित क्षेत्रको स्थलगत अध्ययन समेत गराएर व्यवहारिक ज्ञान तथा सीप समेत प्रदान गरिने छ ।

तालिमका सहभागीले तयार गरेका नविनतम् उत्कृष्ट ५ ओटा व्यवसासायिक योजनालाई विश्वविद्यालय अनुदान आयोगमा प्रतिस्पर्धाका लागि पठाईने र आयोगबाट छनौटमा परेका योजनालाई आयोगले अनुदान स्वरुप बिउ पुँजी उपलब्ध गराउने छ ।

भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले तालिमको उद्घाटन गर्नुभएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा भीमेश्वर नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर–४ का वडा अध्यक्ष तारानाथ चौलागाँई, क्याम्पस प्रमुख शान्त बहादुर केसी, सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयाँल, तालिमका सहभागि प्रतिनिधि लगायतले उद्यमशीलता तालिमको महत्व र अपेक्षित उपलब्धिको बारेमा आ–आफ्नो धारणा राखेका छन् ।

Related posts

गौरीशङ्कर क्याम्पसमा विपद् र उद्धारबारे प्रशिक्षण र अभ्यास सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Tara Bahadur Mahat

नवआगन्तुक विद्यार्थीलाई स्वागत र रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat