Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसमा लागूऔषध सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसमा लागूऔषध नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रम २०८३ असार ११ गते बिहीबार सम्पन्न भएको छ ।

लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस जुन २० देखि २६ सप्ताहव्यापी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालयसँगको सहकार्यमा जिल्ला प्रशासन कार्यालय दोलखाले सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक मनोज लामा र जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक किरण लोप्चनले लागूऔषधले मानव जीवनमा पार्ने प्रभाव र कुलतमा फस्नबाट जोगिने उपायहरुका बारेमा जानकारी दिनुभएको छ ।

कार्यक्रममा पशुपति चौलागाँई स्मृति अस्पतालका प्रमुख डा.अच्युत पौडेल, गौरीशङ्कर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शान्त बहादुर केसीसहित क्याम्पसमा प्रध्यापक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Related posts

उद्यमशीलता सम्बन्धि तीन महिने तालिम सुरु

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसका कानूनका विद्यार्थीले गरे जिल्ला अदालत भ्रमण

Tara Bahadur Mahat

‘बाल विवाह अन्त्यका लागि समुदाय परिचालन’ विषयक अन्तरक्रिया

Tara Bahadur Mahat