Gaurishankar Multiple Campus
Image default
EventsNews

प्राध्यापकहरुका लागि ५ दिने क्षमता अभिबृद्धि तालिम सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुका लागि शिक्षण सिकाइमा प्रविधिको प्रयोग सम्बन्धि ५ दिने क्षमता अभिबृद्धि तालिम २०८३ असार ९ गते सम्पन्न भएको छ ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा क्याम्पसले आयोजना गरेको तालिम असार ५ गतेदेखि ९ गतेसम्म क्याम्पसमा सञ्चालन भएको हो । तालिममा शिक्षण सिकाइमा एआइको प्रयोग, प्रविधिमा आधारित शिक्षण सामाग्री निर्माण, प्राविधिक उपकरणहरुको प्रयोग र अनुसन्धानमूलक प्राज्ञिक लेखन लगायतका विषयमा प्रयोगात्मक अभ्याससहित सैद्धान्तिक जानकारी गराईको छ ।

तालिममा डा.भरत प्रसाद न्यौपाने, डा.निरोज दहाल, क्याम्पस प्रमुख शान्त बहादुर केसी, सहायक प्राध्यापक इश्वर प्रसाद चौलागाँई लगायतले सहजीकरण गर्नुभएको छ ।

Related posts

गौरीशङ्कर क्याम्पसले वार्षिकोत्सव लक्षित अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसले स्थानीय सरोकारका विषयमा गरेका अनुसन्धान सार्वजनिक

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा तीज विशेष कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat