Gaurishankar Multiple Campus
Image default
EventsNews

नेपाल राष्ट्र बैंकका सञ्चालकसँग विद्यार्थीको अन्तरक्रिया

नेपाल राष्ट्र बैंकका सञ्चालक सदस्य तथा पुर्व कार्यकारी निर्देशक डाक्टर शंकर प्रसाद आचार्यले २०८३ जेठ ६ गते गौरीशङ्कर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई देशको अर्थतन्त्रका बारेमा जानकारी दिनुभएको छ ।

देशको वर्तमान आर्थिक अवस्था र सरकारले आयातमा लगाएको कर लगायतको विषयमा डाक्टर आचार्यले विद्यार्थीहरुसँग अन्तरक्रिया समेत गर्नुभएको छ । साथै आचार्यले देशको अर्थतन्त्र बलियो बनाउन सिँचाई नचाहिने र स्वास्थ्यलाई समेत अधिक लाभदायक रहेको कोदो र कागुनो जस्ता अन्नबाली उत्पादन र प्रयोगमा समेत जोड दिनुभयो ।

कार्यक्रममा स्नातक तहमा अध्ययनरत विद्यार्थीसहित क्याम्पस प्रमुख शान्त बहादुर केसी र केहि प्राध्यापकहरुको समेत सहभागिता रहेको थियो ।

Related posts

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने प्रभावबारे अन्तरक्रिया सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसको संयुक्त वनभोज कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

शिक्षण सिकाइमा एआईको प्रयोग सम्बन्धि शैक्षिक सम्मेलन सम्पन्न

Tara Bahadur Mahat