Gaurishankar Multiple Campus
Image default
EventsNews

गौरीशङ्कर क्याम्पसका कानूनका विद्यार्थीले गरे जिल्ला अदालत भ्रमण

गौरीशङ्कर बहुमुखी क्याम्पसमा कक्षा ११ र १२ मा कानून विषय अध्ययनरत विद्यार्थीहरुले २०८२ चैत्र १९ गते शुक्रबार दोलखा जिल्ला अदालतको भ्रमण गरेका छन् ।

कक्षामा पढेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेको वास्तविकता अवलोकन गराउनका लागि उनीहरुलाई अदालतको भ्रमणमा लगिएको हो । भ्रमणको क्रममा विद्यार्थीहरुले अदालतका स्रेस्तेदार कक्ष, रिट निवेदन शाखा, अनुसन्धान शाखा, तहसिलदार शाखा, मेलमिलाप कक्ष, अभिलेख शाखा लगायतका विभिन्न शाखाहरुको अवलोकन गरेका छन् ।

त्यसैगरी विद्यार्थीहरुले नेपालको संविधान र अन्य कानूनहरु कार्यान्वयनको अवस्थाबारे जिल्ला न्यायाधीश रामप्रसाद न्यौपाने, स्रेस्तेदार अञ्चन भट्टराई र इजलास अधिकृत रमेश कोईरालासँग अन्तरक्रिया गरेका छन् । भ्रमणमा क्याम्पस प्रमुख शान्त बहादुर केसी, कानून विषयमा सहायक प्राध्यापक देबराम बुढाथोकी, आमसञ्चार विषयका सहायक प्राध्याक तथा मेलमिलापकर्ता तारा बहादुर महतसहित कानून विषय अध्ययनरत १६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Related posts

गौरीशङ्कर क्याम्पसले स्थानीय सरोकारका विषयमा गरेका अनुसन्धान सार्वजनिक

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा नयाँ प्राध्यापक सङ्घ गठन

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसले वार्षिकोत्सव लक्षित अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दै

Tara Bahadur Mahat