गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटमा भाद्र ६ गते शुक्रबारका दिन तीज विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
क्याम्पसको आयोजना तथा गौरीशङ्कर क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को व्यवस्थापनमा कार्यक्रम गरिएको हो । स्ववियु अध्यक्ष शिरीष बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, क्याम्पस प्रमुख शान्त केसी, सहायक क्याम्पस प्रमुख बालकृष्ण फुयाँल, प्राध्यापक सङ्घका सचिव सूर्य चौलागाँई लगायतले शुभकामना मन्तव्य राख्नुभएको छ ।
साँस्कृतिक कार्यक्रम अन्तरगत छात्राहरुले गायन तथा नृत्य प्रस्तुत गरेका छन् । कार्यक्रममा उपस्थित सम्पूर्णलाई दर खुवाईएको छ ।