Gaurishankar Multiple Campus
Image default
EventsNews

शिक्षण सिकाइमा एआईको प्रयोग सम्बन्धि शैक्षिक सम्मेलन सम्पन्न

गौरीशङ्कर बहुमुखी क्याम्पसमा शिक्षण सिकाइमा एआईको प्रयोग सम्भावना र चुनौती विषयक एक दिने भीमेश्वर नगरस्तरीय शैक्षिक सम्मेलन २०८३ असार ६ गते सम्पन्न भएको छ ।

भीमेश्वर नगरपालिकाको सहयोगमा गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटले सम्मेलनको आयोजना गरेको हो । सम्मेलनको उद्घाटनसत्रमा बोल्नुहुँदै भीमेश्वर नगर प्रमुख इश्वर नारायण मानन्धरले प्रविधिको सदुपयोग हुन नसकेको गुनासो गर्दै नकरात्मकता फैलाउन प्रविधिको उच्चतम दुरुपयोग भएको बताउनुभयो ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथी त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन सङ्कायका डिन महानन्द चालिसेले शिक्षालाई प्रविधि र मानवीय संवेदनासँग जोड्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा पर्यटन उद्योगको ठूलो सम्भावना रहेको उल्लेख गर्नुहुँदै त्यसतर्फ जोड दिन सबै तहका सरकारलाई आग्रह गर्नुभयो ।

गौरीशङ्कर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शान्त केसीले एआइको प्रयोग गरेर अन्य १० जना जनशक्तिले गर्ने प्रशासनिक काम क्याम्पसमा उपलब्ध जनशक्तिबाट भईरहेको बताउनुभयो । सम्मेलनमा एआइका जानकार डा.भरत प्रसाद न्यौपाने, डा.निरोज दहाल, इश्वर चौलागाँई लगायतले शिक्षणमा एआइको प्रयोग गर्ने तरिका र यसबाट लिन सकिने फाइदाको विषयमा सैद्धान्तिक प्रशिक्षणसहित तथा प्रयोगात्मक कक्षाहरुको सहजीकरण गर्नुभएको छ ।

सम्मेलनमा भीमेश्वर नगरपालिकाभित्रका माध्यामिक विद्यालयका शिक्षक तथा गौरीशङ्कर बहुमुखी क्याम्पसमा प्राध्यापनरत प्राध्यापक तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।

Related posts

गौरीशङ्कर क्याम्पसमा छात्रा दौड र छात्र टेबल टेनिस प्रतियोगिता सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा तीज विशेष कार्यक्रम सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसमा ‘कम्प्युटर टाईपिङ प्रतियोगिता’ सम्पन्न

Tara Bahadur Mahat