M.Ed. प्रथम सत्रान्तको परीक्षा फाराम भर्ने सूचना !
त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र सङ्काय परीक्षा नियन्त्रण महाशाखा बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८३ सालमा सञ्चालन हुने M.Ed. प्रथम सत्रान्तको परीक्षा दिने नियमित तथा आंशिक ( २०७७ र सोभन्दा पछाडिका ब्याचका विद्यार्थीहरुको लागि मात्र) परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८३ वैशाख २१ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ । साथै आन्तरिक परीक्षा २०८३ वैशाख १८, १९ र २० गते हुने व्यहोरासमेत जानकारी गराइन्छ ।

