३ वर्षे स्नातक तह वि.ए. प्रथम, द्वितीय र तृतीय (B.A. I, II & III) वर्षको आंशिक परीक्षा फाराम भर्ने सूचना ।
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा प्रकाशित सूचना अनुसार २०८२ को २०८३ सालमा सञ्चालन हुने ३ वर्षे स्नातक तह वि.ए. प्रथम, द्वितीय र तृतीय (B.A. I, II & III) वर्षका आंशिक परीक्षा (३ वर्षे स्नातक तहमा २०७५ सालमा भर्ना भई २०७६ मा प्रथम वर्षको नियमित परीक्षामा प्रथम पटक परीक्षा दिएकाहरुका लागि यो परीक्षा अन्तिम पटक हुनेछ) दिने परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फाराम खुलेको हुँदा सम्बन्धीत सबै विद्यार्थीहरुले यहि २०८३ मंसिर २८ गतेभित्र परीक्षा फाराम भर्नको लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक कागजातहरु ः
१. त्रिविवि नाम दर्ता नं. (रजिष्ट्रेसन नं.)
२. जन्ममिति (रजिष्ट्रेसन फाराममा लेखिएको)
३. स्नातक तह – प्रथम, द्वितीय र तृतीय वर्षको अन्तिम सिम्बोल नं.
४. बाबुको नाम, थर
५. Email Address
६. पासपोर्ट साइज हालसालै खिचेको ३ महिना ननाघेको ( साधारण पोशाक, white Background ) रङ्गिन फोटो


