Gaurishankar Multiple Campus
Image default
EventsNews

नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा रक्त समूह परीक्षण

गौरीशङ्कर बहुमुखी क्याम्पसले २०८३ भदौ ५ गते स्नातक तह प्रथम वर्ष लगायत विभिन्न तह र कक्षाका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ ।

क्याम्पसमा रहेको विद्यार्थी गुणस्तर सर्कलको आयोजना तथा क्याम्पसको समन्वयमा आयोजित कार्यक्रममार्फत स्वागत गरिएको हो । विद्यार्थी गुणस्तर सर्कलका संयोजक बिर्सम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउत, क्याम्पस प्रमुख शान्त बहादुर केसी, निमित्त क्याम्पस प्रमुख बालकृष्ण फुयाँल, पब्लिक क्याम्पस प्राध्यापक सङ्घ गौरीशङ्कर क्याम्पस इकाइका अध्यक्ष राजन कार्की लगायतले स्वागत मन्तव्य व्यक्त गर्नुभएको छ ।

नेपाल रेडक्रस सोसाईटी दोलखा जिल्ला शाखाको प्राविधिक सहयोगमा नवआगन्तुक विद्यार्थीको रक्त समूह परीक्षण गरिएको छ । कार्यक्रममा १ सय ५ जना विद्यार्थीहरुले आफ्नो रक्त समूह परीक्षण गराएका छन् ।

कार्यक्रममा विभिन्न तहका विद्यार्थीहरुले नृत्य, गायन तथा कविता वाचन लगायतका प्रस्तुतीहरु दिएका छन् । विद्यार्थी गुणस्तर सर्कल लगायत विद्यार्थीहरुको नेतृत्वमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा बिदाईसहित विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

Related posts

गौरीशङ्कर क्याम्पसमा ‘जनसाङ्ख्यिक तथ्याङ्क साक्षरता कार्यक्रम’

Tara Bahadur Mahat

व्यवसाय प्रबर्द्धन केन्द्र (BIC) को बैठक सम्पन्न

Tara Bahadur Mahat

गौरीशङ्कर क्याम्पसका कानूनका विद्यार्थीले गरे जिल्ला अदालत भ्रमण

Tara Bahadur Mahat